National life

तीन सरकारी उद्योगको डिडिए सम्पन्न, व्यवस्थापन निर्णयको बाटो खुल्यो

जनकपुर चुरोट कारखाना र नेपाल मेटल कम्पनीका लागि पनि परामर्शदाता नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२८ असार २०८३, आइतबार
1.2kShares
तीन सरकारी उद्योगको डिडिए सम्पन्न, व्यवस्थापन निर्णयको बाटो खुल्यो
ncell

काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व तथा एसियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्ट र गोरखकाली रबर उद्योगको सम्पत्ति तथा दायित्वको विस्तृत मूल्यांकन (डिडिए) सम्पन्न भएको छ। मूल्यांकन प्रतिवेदन अर्थ मन्त्रालय पुगेसँगै अब सरकारी लगानी व्यवस्थापन समितिमा पेस गरी यी उद्योगहरूको भविष्यबारे आवश्यक निर्णय लिने प्रक्रिया अघि बढ्ने भएको छ।

अर्थ मन्त्रालयका सहप्रवक्ता किशोर ढकालका अनुसार सरकारले बन्द गरिएका सात सरकारी संस्थानमध्ये तीनवटाको डिडिए सम्पन्न भइसकेको छ भने नेपाल ओरिएन्ट म्याग्नेसाइट प्रालि र बुटवल धागो कारखानाको मूल्यांकन कार्य जारी छ। जनकपुर चुरोट कारखाना र नेपाल मेटल कम्पनीका लागि पनि परामर्शदाता नियुक्त भइसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि १५ वैशाख २०८२ को मन्त्रिपरिषद् बैठकले सात संस्थान खारेज गर्ने मनसायसहित बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ती संस्थानहरूको सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रक्रिया अघि बढाइएको हो।

जनकपुर चुरोट कारखानाको डिडिएका लागि एस सुवेदी एन्ड एसोसिएट्ससँग मूल्य अभिवृद्धि करसहित १६ लाख १८ हजार १६० रुपैयाँमा सम्झौता भई काम सुरु भएको मन्त्रालयले जनाएको छ।

उद्योगहरूको वित्तीय अवस्था कमजोर

उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ९५ हजार रुपैयाँ खुद नोक्सान बेहोरेको छ भने यसको सञ्चित घाटा ६ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ पुगेको छ।

हेटौँडा सिमेन्ट उद्योगको सोही अवधिमा ३१ करोड २४ लाख रुपैयाँ खुद नोक्सान भएको छ। उद्योगको सञ्चित घाटा एक अर्ब ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

गोरखकाली रबर उद्योगले आर्थिक वर्ष २०८१/८२ मा ९ करोड ५७ लाख रुपैयाँ खुद नोक्सान व्यहोर्दा सञ्चित घाटा ४ अर्ब ४० करोड ५२ लाख रुपैयाँ पुगेको छ।

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाले अन्य स्रोतबाट ५२ लाख ४२ हजार रुपैयाँ आम्दानी गरे पनि ३१ लाख ८० हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ। कागजी रूपमा १२ लाख ८५ हजार रुपैयाँ खुद नाफा देखिए पनि उद्योगको सञ्चित घाटा २ अर्ब ९० करोड ४२ लाख रुपैयाँ पुगेको छ।

पूर्ण रूपमा बन्द रहेको बुटवल धागो कारखानाको सञ्चालन आय ९३ हजार रुपैयाँ मात्र रहेको छ। कर्मचारी तथा प्रशासनिक खर्चमा ४५ लाख २८ हजार रुपैयाँ व्यय हुँदा उद्योगले ३ करोड ५७ लाख ५१ हजार रुपैयाँ खुद नोक्सान बेहोरेको छ। यसको सञ्चित घाटा एक अर्ब ८९ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?