National life

अर्थ मन्त्रालयका चार सहसचिवको जिम्मेवारी हेरफेर, प्रमुख कर प्रशासक शर्माले दिए राजीनामा

अर्थ मन्त्रालयमा कार्यरत चार सहसचिवको जिम्मेवारी हेरफेर भएको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
२३ घण्टा अगाडि|०६ असोज २०८३, मङ्गलबार
649Shares
अर्थ मन्त्रालयका चार सहसचिवको जिम्मेवारी हेरफेर, प्रमुख कर प्रशासक शर्माले दिए राजीनामा
ncell

काठमाडौँ । अर्थ मन्त्रालयमा कार्यरत चार सहसचिवको जिम्मेवारी हेरफेर भएको छ ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयका सहसचिव एवम बजेट महाशाखा प्रमुख रहेका सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा सारिएको छ । राजस्व व्यवस्थापन महाशाखा प्रमुखको पद केही समयदेखि रिक्त थियो ।

बजेट व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी भने भर्खरै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बास्तोलालाई दिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै भर्खरै मात्रै कोशी प्रदेशबाट मन्त्रालयमा सरुवा भएर आएका नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रेम आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदार शर्माले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।

यस्तै, भर्खरै मात्र लोकसेवा आयोग कोशीबाट सरूवा भएर आएका सहसचिव गोकुल बास्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
649SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?