काठमाडौं। जगदम्बा स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको छ।
चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले वैशाख १० गते बिहीबार बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको नाम परिवर्तन गर्ने, बुक बिल्डिङ प्रणालीमार्फत आईपीओ जारी गर्ने, सेयर संरचना परिमार्जन गर्ने तथा आईपीओबाट संकलित रकम कसरी प्रयोग गर्ने भन्ने विषयमा निर्णय गर्ने प्रस्तावहरू पेश गरिनेछन्।

































