National life

दर्जनौ काम अलपत्र रहेकै बेला रद्ध भयो सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ असार २०८१, शुक्रबार
542Shares
दर्जनौ काम अलपत्र रहेकै बेला रद्ध भयो सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया
ncell

काठमाडौं । अनेकौं कामहरु एकमाथि अर्को खप्टीरहेको बेला नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया रद्द गर्ने निर्णय भएको खबर प्राप्त भएको छ । बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको बैठक शुक्रबार बसेको थियो ।

सोही बैठकबाट जुटेको सहमति अनुसार धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी सबै प्रक्रिया रद्द गर्ने निर्णय भएको हो।

साथै, उक्त प्रकृया रद्ध भएकाले आगामी दिनमा नयाँ अध्यक्ष नियुक्तीका लागि फेरी अर्को प्रकृया चाल्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

Royal Enfield
nic asia capital
लामो समयदेखि धितोपत्र क्षेत्रको नियामक निकाय अध्यक्ष बिहीन अवस्थामा छ । सोही कारण दर्जनौ कामहरु अलपत्र अवस्थामा थन्किएका छन् । बोर्ड निकट कर्मचारीहरुकै अनुसार आईपिओ निष्काशन जस्तो कम्पनीको प्रारम्भिक फेजका पाइपलाइनका काम देखि ठूला कम्पनीका महत्वपूर्ण योजनामा समेत गम्भिर असर परिरहेको छ ।

पूँजी बजारको ठूलो हिस्सा हाँक्ने र वित्तीय क्षेत्रको खब्बा मानिने सेबोनमा अध्यक्ष नहुँदा बोर्ड मियो बिहीन जस्तो अवस्थामा देखिन्छ। धितोपत्र बोर्डको अध्यक्ष जस्तो पदमा राजनीतिकरण हुँदा को अध्यक्ष बन्ने ? भन्ने निर्णय जुटन नसकेको हो । यद्यपी बोर्ड हाँक्न तत्पर उमेद्धारहरुले नै हट सिटमा रहने गरिमामय पदका लागि कुनै पनि निकाय र तहबाट भएको ढिलामाई दुख व्यक्त गर्ने काम भइरहेको छ ।

ठीक यही बेला यता यथाशिघ्र बोर्डको अध्यक्ष नियुक्ती प्रकृया अघि बढ्छ र योग्य उमेद्धार छनौट भएर आउँछन् भन्नेमा आशावादी रहदै पर्ख र हेरको अवस्थामा रुमल्लिनु सिवाय अन्य केही विकल्प नरहेको आम लगानीकर्ताहरु बताउँछन्।

 

 

यो समाचार शेयर गर्नुहोस्
542SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?