National life

नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुननिर्माण कोषमा ५१ लाख योगदान

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
1.2kShares
नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुननिर्माण कोषमा ५१ लाख योगदान
ncell

काठमाडौँ। नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदान गर्ने भएको छ । गत भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख मात्र रुपैँया सहयोग गर्ने भएको हो ।

उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका थिए। सो अवसरमा अर्थ सचिव डा.घनश्याम उपाध्याय, सहसचिव उत्तर कुमार खत्री लगायत नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की समेतको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले नागरिक लगानी कोषलाई धन्यवाद ज्ञापन गरे । साथै उक्त रकम सहित आजको मितिसम्म उक्त कोषमा १४ करोड ०७ लाख जम्मा भएको पनि जानकारी गराइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?