काठमाडौं । वुधबार दोहोरो अंकले बढेर उत्साह जगाएको शेयर बजार परीसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा एकल अंकले घटेर बन्द भएको छ । वुधबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा आएर रोकिएको छ ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ। नेप्से घटेतापनि आज ११३ कम्पनीहरुको शेयरमूल्य भने बढेको छ।
यस दिन कालिका पावर, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयरहाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, आज बिन्ध्यबासिनी हाइड्रोपावर, यूनाईटेड आईडीआईडी मार्दी आरबी हाइड्रोपावर, समाज लघुवित्त, भिजन लुम्बिनी उर्जा, मोलुङ्ग हाइड्रोपावर र माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।
































