National life

बल प्रयोग गरेर बस्ती उठाउन खोजे प्रतिवाद गर्ने सुकुम्वासी मोर्चाको चेतावनी

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
994Shares
बल प्रयोग गरेर बस्ती उठाउन खोजे प्रतिवाद गर्ने सुकुम्वासी मोर्चाको चेतावनी
ncell

काठमाडौं। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सरकारले बल प्रयोग गरेर बस्ती उठाउन खोजे प्रतिवाद गर्ने चेतावनी दिएको छ। बिहीबार दिउँसो काठमाडौँको शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो ।

सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो उक्त बैठक बसेको मोर्चाका उपाध्यक्ष पवन गुरुङले जानकारी दिए।

उनले भने ‘यदि सरकारको निर्णय आधिकारिक हो भने बल प्रयोग गरेर उठाउने काम गरे हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ ।

Royal Enfield
nic asia capital
जसरी पनि प्रतिरोध गर्छौँ ।’

प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबार सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
994SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?