National life
cg eloctronics

जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिशन दर घट्यो (सूची सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
383Shares
जेठ १ गतेदेखि लागु हुने गरी ब्रोकर कमिशन दर घट्यो (सूची सहित)
ncell

काठमाडौं । जेठ १ गतेदेखि लागु हुने गरी नेपाल धितोपत्र बोर्डले आगामी बर्षको ब्रोकर कमिशन दर प्रकाशन गरेको छ ।बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गरेर ब्रोकर कमिशन घटाएको हो ।

नयाँ कमिसन अन्तर्गत जेठ १ गतेदेखि संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोवारमा ०.३६ प्रतिशत कमिसन लाग्ने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, ५० हजारभन्दा माथि ५ लाखसम्मको कारोवारमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ । ५ लाखदेखि २० लाखसम्मको कारोवारमा ०.३१ प्रतिशत कमिशन लागू हुने जनाएको छ । २० लाखदेखि १ करोडसम्मको कारोवारमा ०.२७ प्रतिशत कमिसन लाग्ने छ । १ करोडभन्दा माथी जतिसुकैको कारोवारमा ०.२४ प्रतिशत कमशिन लाग्ने छ ।

अर्थ मन्त्रालयले ब्रोकर कमिशन घटाउनको लागि नेपाल धितोपत्र बोर्डलाई स्वीकृति प्रदान गरेपछि नयाँ ब्रोकर कमिशन लागु हुन लागेको हो । २०८१ वैशाख १२ गते मन्त्रिस्तरीय निर्णय गर्दै अर्थमन्त्री वर्षमान पुनले बोर्डको प्रस्ताव बमोजिम ब्रोकर कमिशन घटाउन बोर्डलाई स्वीकृति प्रदान गरेका थिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
383SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?