National life

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
1.3kShares
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू
ncell

काठमाडौं। आइतबार दिउँसो सम्पन्न मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो १ बजे बैठक बसेको थियो ।

बैठकबाट विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरिएको छ भने सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने विषयमा पनि निर्णय गरिएको छ।

यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ।

Royal Enfield
nic asia capital

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु : 

–डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमश : एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

– डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने ।

–दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने ।

–राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत गर्ने ।

–पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने ।

–शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने ।

–आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने ।

–नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?