National life

युनिक फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२२ चैत २०८२, आइतबार
1.3kShares
युनिक फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?
ncell

काठमाडौँ। युनिक फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)जारी गर्ने तयारी गरेको छ। यस सम्बन्धी प्रस्ताव अनुमोदन गर्न कम्पनीले पहिलो वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आगामी वैशाख २२ गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगञ्जस्थित कम्पनी रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।

Royal Enfield
nic asia capital

सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्ने, आवश्यक सम्झौता गर्ने तथा उठेको रकमको उपयोग सम्बन्धी निर्णय गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

यसका अतिरिक्त, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू अनुमोदन गर्ने र नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिने जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?