काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित अन्य तीनजनालाई पक्राउ गरेको छ ।
जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचनाका आधारमा नापी सर्वेक्षक,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मङ्गलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगले जानकारी दिएको छ ।
मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोगले तीनैजनालाई रु दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

































