National life

सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नारासहित पोखरामा २५औं सडक महोत्सव सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ पुस २०८०, बिहिबार
588Shares
सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नारासहित पोखरामा २५औं सडक महोत्सव सुरु
ncell

काठमाडौं । ‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नारासहित पोखरामा २५औं पोखरा सडक महोत्सव सुरु भएको छ।

पोखराको हल्लन चोकबाट विभिन्न सास्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सव सुरु भएको हो । सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमा जाने पार्कमा प्रवेश गरेका थिए । कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको छ।

Royal Enfield
nic asia capital

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ । महोत्सवलाई रेष्टुरेन्ट तथा बार एशोसियशन नेपाल (रेवान) ले आयोजना गर्ने गरेको छ । डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सास्कृतिक सांगीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेष्टुरेन्टहरुले आफ्ना पकवानहरु पस्किने गरेका छन् ।

महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरु दिपक बज्राचार्य, र्‍यापर लाहुरे, र्‍यापर राजन केसी, शिला आले, समीक्षा अधिकारी, बद्री पँगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एण्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवम् ब्याण्डहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?