National life
cg eloctronics

निर्मलराज पौडेलको ‘हिस्सिएकी काली’ गीत सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|०६ मंसिर २०८३, आइतबार
1.2kShares
निर्मलराज पौडेलको ‘हिस्सिएकी काली’ गीत सार्वजनिक
muktinatha bikash bank

काठमाडौं । निर्मलराज पौडेलको शब्द तथा स्वर र मनिषराज पौडेलको निर्देशनमा तयार भएको नयाँ नेपाली गीत ‘हिस्सिएकी काली’ सार्वजनिक भएको छ।

वेलकम एभी प्रोडक्सनले निर्माण गरेको उक्त गीतको भिडियोमा पछिल्लो समय विकसित कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको छ। नेपाली गीतसंगीत क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यसहित तयार पारिएको गीतले प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गीतको भिडियोमा सुबु शर्मा, रोशन अर्याल र अनिश शर्माले अभिनय गर्नुभएको छ। विशेष अतिथि कलाकारका रूपमा सुनील भट्टराई र खेमराज पन्त प्रस्तुत हुनुभएको छ।

गीतमा संगीत निर्देशन मोहित मुनालले गर्नुभएको छ भने भिडियोको छायांकन निर्देशक कृष्ण बी. थापा हुनुहुन्छ। भिडियोको सम्पादन तथा रंग संयोजन मनिषराज पौडेलले गर्नुभएको छ।

everest bank

परम्परागत भिडियो निर्माण प्रक्रियाभन्दा फरक ढंगले आधुनिक प्रविधिको सहायतामा दृश्यहरू तयार पारिएको यस गीतले नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाको खोजी गरेको गायक पौडेलले जानकारी दिनुभयो ।

गायक पौडेलका अनुसार एआई प्रविधिको प्रयोगले कम समयमा आकर्षक दृश्य सामग्री तयार पार्न तथा सिर्जनात्मक अवधारणालाई दृश्यमा रूपान्तरण गर्न सहज बनाएको छ।

नेपाली संगीत क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला ‘हिस्सिएकी काली’ले गीत तथा भिडियो निर्माणमा नयाँ प्रयोगको सम्भावनालाई उजागर गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?