National life

दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’को अवार्ड अल्टिमालाई

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० पुस २०८०, मङ्गलबार
459Shares
दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’को अवार्ड अल्टिमालाई
ncell

काठमाडौँ– अल्टिमा लाइफस्टाइलले दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ।

तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७०० प्रतिशतले वृद्धि गरी सबै रेकर्ड तोडेको अल्टिमाले उल्लेख गरेको छ।

यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरेपछि अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको पनि कम्पनीले जनाएको छ।

अल्टिमा लाइफस्टाइलले ग्राहकको सन्तुष्टिलाई निरन्तर प्राथमिकता दिँदै, एक उत्कृष्ट किनमेल अनुभव प्रदान गरेको र कम्पनीले नयाँ उत्पादनहरू, अभियानहरू, र पहलहरू सुरु गरेर नवीनता र प्रतिक्रियात्मकता प्रदर्शन गरेकोमा दराजको सेलर अफ द इयर अवार्डको छनौट भएको पनि कम्पनीले जानकारी दिएको छ।

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसेसरिज (पहिरन योग्य) ब्रान्ड हो।

Royal Enfield
nic asia capital
संगीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्ने अल्टिमाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?