National life

एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १० वर्ष पुरा, पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ माघ २०८०, शुक्रबार
393Shares
एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १० वर्ष पुरा, पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई सम्मान
ncell

काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत शुक्रबार इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई ‘एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान’ प्रदान गरेको छ । यो एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मानको १०औं वर्ष हो ।

यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ । छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आईकन, लैनचौरमा आयोजित एक विषेश कार्यक्रममाझ विद्यार्थीका अभिभावकहरु, ईन्जिनियरिङ्ग अध्ययन संस्थानका प्राध्यापकहरु, एनसेलका व्यवस्थापनका सदस्यहरु र अन्य पाहुनाहरुको समुउपस्थितीमा प्रदान गरिएको थियो ।

Royal Enfield
nic asia capital

यस वर्ष अर्थात २०८० का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राज जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका चिफ लिगन एन्ड रेगुलेटरी अफिसर विशालमणि उपाध्याय, चिफ कमर्शीयल अफिसर उमेर मोहसिन र एक्टिङ् चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकारले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘‘देशको सबैभन्दा प्रतिष्ठित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सँगको सहकार्यमा युवा र विद्यार्थीलाई आफ्नो उत्कृष्टताका लागि प्रोत्साहन प्रदान गर्ने यो कार्यक्रम गर्न पाएकोमा हामी गौरवान्वित छौं । नयाँ पुस्तालाई सशक्त बनाउने एक जिम्मेवारी मात्र नभएर प्रतिबद्धता पनि हो जसले नवीनता, प्रगति र सकारात्मक परिवर्तनलाई बढावा दिन्छ । सम्मानित हुने विद्यार्थीका उपलब्धिहरूले हामी सबैलाई गर्व मात्र प्रदान गर्दैन भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बन्दछ । हामी विश्वास गर्छौं कि हाम्रो सहयोगले विद्यार्थीहरुको भविष्य निर्माणमा सहयोग गर्दछ र आजका विद्यार्थी नै देशको भविष्य हुन् । व्यक्तिगत रूपमा, मलाई २० वर्ष पहिलेको सम्झना छ जब मैले मेरो उपलब्धिको लागि छात्रवृत्ति पाएको थिए र त्यसैको कारणले आज म यहाँसम्म पुगेको छ । आर्थिक रूपमा मात्र होइन, यो महत्त्वपूर्ण सम्मानले सबैलाई राम्रा काम जारी राख्न प्रेरित गर्नेछ । प्रतिभा विकासमार्फत समाजको भविष्यको लागि अनवरत लागि रहनु भएका इन्जिनियरिङ्ग अध्ययन संस्थानका सबैलाई उहाँँहरुको अथक प्रयासका लागि धन्यवाद दिन चाहन्छु ।”

त्यसैगरी एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. जोशीले भने, “हाम्रा विद्यार्थीहरूले पढाईमा मात्र नभई अन्र्तराष्ट्रिय मञ्चमा समेत हासिल गरेको उपलब्धिका बारेमा सम्झन चाहन्छु । उनीहरुले देश बाहिरपनि धेरै महत्त्वपूर्ण कार्यहरुमा योगदान दिइरहेका छन् र पूर्व विद्यार्थीहरूको सफलताका कथाहरू सुन्न पाउँदा खुसी लाग्छ । जब हाम्रा विद्यार्थीहरू सफल हुन्छन्, मलाई शिक्षाको परिवर्तनकारी शक्ति र विद्यार्थीहरुमा हुने अपार सम्भावनाको सम्झना आउँछ । तपाईं चाहे उद्यमी, प्रोफेसर वा अन्य जुनसुकै पेशामा जानुस् तपाईंको भाग्य तपार्इंको जोश र तपाईंले देख्ने सपनामा निहित छ । एनसेल छात्रवृत्ती तथा उत्कृष्टताबाट सम्मानित हुने सबै विद्यार्थीहरुलाई धेरै धेरै, बधाई छ । म तपाईंका उपलब्धिहरूमा धेरै गर्व गर्छु । विगत एक दशकदेखि हाम्रा विद्यार्थीहरूलाई यो प्रदान गर्नु भएको यो सम्मान र सहयोगका लागि एनसेलप्रति म धेरै आभारी छु ।”

यसै अवसरमा प्रा.डा.जोशीले पुल्चोक क्याम्पसका विद्यार्थीहरूलाई लगातार १० वर्षसम्म एनसेल छात्रवृत्ति र उत्कृष्टता सम्मान प्रदान गरेकोमा एनसेललाई सम्मान स्वरुप इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसले कदरपत्र प्रदान गरको छ ।

यसअघि दुई पटक एनसेल छात्रवृत्ति प्राप्त गरेका र यो वर्ष ईलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरि एनसेल उत्कृष्टता सम्मान प्राप्त गरेको विवेक खनालले भने, “यो अवार्ड मेरो कडा मेहनत र पढाई देखाएको उत्कृष्टताको परिणाम हो । यो एक आर्थिक सहयोग पनि हो तर अझ महत्त्वपूर्ण कुरा भनेको योे वास्तवमै एक ठूलो सम्मान हो र यसले विद्यार्थीहरूलाई एकदम लगनशील भएर आफ्नो पढाईमा लाग्न उत्प्रेरित गर्दछ । यो सहकार्यको लागि म एनसेल र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई धन्यवाद दिन चाहन्छु ।”

“यो खुशीको कुरा हो एनसेलले शिक्षा क्षेत्रमा योगदान पुर्याएको छ । म यो छात्रवृत्रि प्राप्त गर्न पाउँदा गर्व महसुस गरिरहेको छु । यो छात्रवृत्ति सधै सधैं मेरो लागि प्रमुख प्रेरणादायी कारकहरू मध्ये एक थियो । विद्यार्थीहरुलाई परिवारबाट आर्थिक स्वतन्त्रता हुन्न । त्यस्तो अवस्थामा यो छात्रवृत्तिको रकम आफ्नो शिक्षाको लागि लगानी गर्न पनि प्रयोग गर्न सकिन्छ त्यसैले एनसेललाई धन्यवाद छ, ” एनसेल छात्रवृत्ति प्राप्त गर्ने १८ मध्ये एक विद्यार्थी बेन्जिना ढकालले भनिन् । उनले मेकानिकल इन्जिनियरिङ संकाय अन्तर्गत दोस्रो वर्षमा उत्कृष्ट बन्दै यो छात्रवृत्ति पाएकी हुन्् ।

२०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ । प्रत्येक वर्ष एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् ।

कुल १८ जना मध्ये पाँचवटै संकायका छात्राहरुबाट उत्कृष्ट नतिजा ल्याएका द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक÷एक जना गरी तीन छात्राले यो छात्रवृति पाउने गर्दछन् ।

यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
393SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?