काठमाडौँ । साताको दोस्रो कारोवार दिन शेयर बजार दोहोरो अकंले बढेको छ । आज नेप्से १६.२९ अकंले बढेर २०५३.३८ बिन्दुमा बन्द भएको छ ।
आज ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८० प्रतिशत, जीवन बीमा समूहको ०.५३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।







































