National life

अब वरिष्ठ सईले थप तलब पाउनुको साथै वरिष्ठ सईलाई ८ ग्रेडसम्मको सुविधा मिल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ साउन २०८१, बिहिबार
1.3kShares
अब वरिष्ठ सईले थप तलब पाउनुको साथै वरिष्ठ सईलाई ८ ग्रेडसम्मको सुविधा मिल्ने
ncell

काठमाडौँ । सर्वोच्च अदालतले नायव निरीक्षक (सई) कोभन्दा कम तलब पाएका वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) हरुको पक्षमा परमादेश जारी गरेको छ ।

बुधवार सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको संयुक्त इजलासले वरिष्ठ सईहरूको तर्फबाट दायर भएका दुई वटा फरक-फरक रिटमा वरिष्ठ सईहरूको पक्षमा आदेश जारी गरेको हो ।

वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरूले १६ पुस २०८० मा र उनीहरूले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा-छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो । जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको छ ।

Royal Enfield
nic asia capital

सईमा खाएको तलबभन्दा कम तलब भएपछि वरिष्ठ सईहरू चन्दा उठाएर सर्वोच्चमा मुद्दा लडेका थिए। यो मुद्दाको ‘लिडिङ लयर’को रूपमा नेपाल प्रहरीकै पूर्व एसपी तथा अधिवक्ता डा.गणेश रेग्मी हुन् । अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको उनले बताए ।

वरिष्ठहरूको पक्षमा मागबमोजिम हुने र परमादेश जारी भएसँगै वरिष्ठ सईहरूले न्याय पाएको उनले बताएका छन् । मुद्दा दर्ता भइसकेपछि यही बिचमा अनिवार्य अवकाशमा गएका वरिष्ठ सईहरूले समेत न्याय पाएको उनले बताए । अब पुरानो पदको तलब नयाँ पदमा समायोजन भई वरिष्ठ सईले स्वतः विगतको भन्दा थप तलब पाउने र सई र इन्स्पेक्टरले जस्तै वरिष्ठ सईले ८ ग्रेडसम्म पाउने अवस्था सिर्जना भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?