National life

दरबारमार्ग र ठमेल २४ सैँ घन्टा खुला गर्न गृहमन्त्री लामिछानेको निर्देशन, सुरक्षा बढाउँदै जिप्रका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
470Shares
दरबारमार्ग र ठमेल २४ सैँ घन्टा खुला गर्न गृहमन्त्री लामिछानेको निर्देशन, सुरक्षा बढाउँदै जिप्रका
ncell

काठमाडौँ। काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा खुलाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।

जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ। ‘आन्तरिक तयारी सुरु भइसक्यो।

Royal Enfield
nic asia capital
ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने,। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ।’

ठमेल र दरबार मार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैँ घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?