National life

युवाहरू लागु औषधको दुर्व्यसनीमा फसेको देशको दुर्गति सुरु हुन्छ: गृहमन्त्री लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
777Shares
युवाहरू लागु औषधको दुर्व्यसनीमा फसेको देशको दुर्गति सुरु हुन्छ: गृहमन्त्री लामिछाने
ncell

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले लागु औषधको समस्या दिनप्रतिदिन विकराल बन्दै गएको बताएका छन् ।

आज लागु औषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले लागु औषधको समस्या विकराल भएको कुरा आफूले गृहमन्त्रीको पदभार ग्रहण गरेपछि झनै बढी महसुस गरेको बताएका छन्।

उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरू लागु औषधको दुर्व्यसनीमा फसेको उनको गुनासो रहेको छ। लामिछानेले लागु औषधको दुर्व्यसनीमा युवाहरूलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपप्रधानमन्त्री लामिछानेले मधेसमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत लागु औषधको दुर्व्यसनी फैलिएको बताए । उनले लागु औषधको दुर्व्यसनी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम बनाउन लागेको समेत स्मरण गराएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?