National life

गृहमन्त्रीसमक्ष राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि सार्न एमाले नेताको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ असार २०८१, बुधबार
828Shares
गृहमन्त्रीसमक्ष राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि सार्न एमाले नेताको आग्रह
ncell

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेसँग राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समयलाई बढाउनका लागि एमाले नेताहरूले आग्रह गरेका छन्।

बुधवार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौँ जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री लामिछानेलाई सिंहदरबारमा भेटेर काठमाडौँमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई केही पछि धकेल्न आग्रह गरेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता ९वृद्ध भत्ता० लिनका लागि २८ जिल्लाका लाभग्राहीलाई आउने साउन महिनाको १ गतेदेखि  राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो।

एमाले काठमाडौँ जिल्ला सांसद कृष्ण गोपाल श्रेष्ठले साउनभित्र काठमाडौँमा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने भएपछि ज्येष्ठ नागरिकका लागि पीडादायी भएको उल्लेख गर्दै उत्त मिति सार्न आग्रह गरेकोका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

श्रेष्ठले ज्येष्ठ नागरिकलाई सेवा लिन सहजीकरण गर्नको लागि गृह प्रशासनको ध्यानाकर्षण गराएको बताए।  ध्यानाकर्षणपछि गृहमन्त्रीले सकारात्मक रूपमा लिएको र सहजीकरण गर्ने तथा पहल गर्ने बताएको उनले जनाए।

यो समाचार शेयर गर्नुहोस्
828SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?