National life

सहकारी ठगी आरोपमा गृहमन्त्री लामिछाने विरुद्ध टेकु प्रहरी परिसरमा जाहेरी दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ असार २०८१, शुक्रबार
724Shares
सहकारी ठगी आरोपमा गृहमन्त्री लामिछाने विरुद्ध टेकु प्रहरी परिसरमा जाहेरी दर्ता
ncell

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा जाहेरी दर्ता भएको छ।

यस अगाडि नै सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेविरुद्ध टेकु प्रहरी परिसरमा सिन्धुलीका युवराज पौडेल ‘सफल’ले जाहेरी दर्ता गराएका हुन् ।

हुलाकमार्फत दर्ता गराईएको उक्त जाहेरीमा सहकारी ठगी अरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ। काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको जाहेरीमा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको संचालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुदा स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियाको नाममा ६४ करोड गैर कानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख गरिएको छ ।

पौडेलले यस अगाडि समेत गृहमन्त्री लामिछानेले पुरानै नागरिकताको प्रतिलिपि मात्रै लिएको दाबी गर्दै मुद्दा दर्ता गराएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?