National life

देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
428Shares
देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश
ncell

काठमाडौँ । फणीन्द्र देवकोटालाई सर्वोच्च अदालतले गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्ने निर्णय सुनाएको हो । राउतको एकल इजलासले देवकोटालाई माओवादीले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिन उनले फ्लोर क्रस गरेका थिए ।

Royal Enfield
nic asia capital
फ्लोर क्रस गरेर काँग्रेसका उम्मेदवारलाई मत दिएको भन्दै आफ्नो निर्वाचन चिह्नबाट उठेको उम्मेदवार आफ्नो संसदीय दलको सदस्य भएको र दलले जारी गरेको ह्विप उल्लंघन गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।

‘निवेदक नेपाल समाजवादी पार्टीसँग आबद्ध रहेको र सो पार्टी निवेदकले त्याग गरेको नदेखिएको साथै निवेदकलाई कारबाही गरी निष्कासनसमेत गरेको देखिँदैन,’ आदेशमा भनिएको छ, ‘निवेदक आबद्ध नभएको राजनीतिक दल माओवादीबाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार रहेको नदेखिएको ।’

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । उनी गत ४ मङ्सिर २०७९ को प्रदेशसभा चुनावमा माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ ९१० बाट निर्वाचित भएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?