National life

दोहोरो अंकले ओरालो लाग्यो नेप्से, सुपर माई हाइड्रोको सबैभन्दा बढी कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२५ माघ २०८२, आइतबार
920Shares
दोहोरो अंकले ओरालो लाग्यो नेप्से, सुपर माई हाइड्रोको सबैभन्दा बढी कारोबार
ncell

काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक १०.२५ अंकले घटेर २६९८.४४ अंकमा झरेको हो।

Royal Enfield
nic asia capital

आज कुल २ करोड ६२ लाख २६ हजार कित्ता सेयर करिब ११ अर्ब ६५ करोड ९७ लाख रुपैयाँमा कारोबार भएका छन्।

आजको कारोबारमा ८५ कम्पनीका सेयर मूल्य बढेको, १६८ कम्पनीका मूल्य घटेको र ७ कम्पनीका सेयर मूल्य स्थिर अवस्थामा रहेको छ।

सबैभन्दा बढी ध्यान आकर्षित गरेको कम्पनीहरूमा सुपर माई हाइड्रोपावरमा १०, रिडी पावरमा ९.९८, खानीखोला हाइड्रोपावरमा ९.९७ प्रतिशतले सर्किट लागेको छ ।

आजको सबैभन्दा बढी कारोबार सुपर माई हाइड्रोपावरमा भएको छ, जसको कुल कारोबार रकम ५६ करोड ३ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, आँखुखोला जलविद्युत ५१ करोड ४९ लाख, रिडी पावर ४७ करोड ७४ लाख, राद्यि विद्युत ४३ करोड ९८ लाख, र एसवाई प्यानल ४२ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?