National life

नेप्सेद्वारा ब्रोकरका लागि आईटी अडिट अनिवार्य, कम्तीमा २ वर्षमा १ पटक अडिट गराउनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१९ फागुन २०८२, मङ्गलबार
1.1kShares
नेप्सेद्वारा ब्रोकरका लागि आईटी अडिट अनिवार्य, कम्तीमा २ वर्षमा १ पटक अडिट गराउनुपर्ने
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूँजी बजारको डिजिटल संरचनालाई अझ सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यसहित ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिटको व्यवस्था कार्यान्वयनमा ल्याएको छ। ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ सार्वजनिक गर्दै नेप्सेले सेयर कारोबारसँग जोडिएका सम्पूर्ण प्रविधि प्रणालीको निश्चित मापदण्डअनुसार नियमित परीक्षण गर्नुपर्ने प्रावधान लागू गरेको हो।

अनलाइन कारोबार तीव्र रूपमा विस्तार भइरहेका बेला साइबर आक्रमण, डेटा चुहावट, ह्याकिङ तथा प्रणाली अवरोधजस्ता जोखिम बढ्दै गएको सन्दर्भमा नियामक निकायले सतर्कता अपनाएको देखिन्छ। यही पृष्ठभूमिमा प्रविधि–आधारित कारोबारलाई सुरक्षित र पारदर्शी बनाउने लक्ष्यसहित अडिट प्रणालीलाई औपचारिक रूपमा लागू गरिएको हो।

Royal Enfield
nic asia capital

नयाँ प्रावधानअनुसार प्रत्येक ब्रोकर कम्पनीले कम्तीमा दुई वर्षमा एक पटक आईटी अडिट अनिवार्य रूपमा गराउनुपर्नेछ। साथै, नवप्रवेशी ब्रोकरले कारोबार सुरु गरेको छ महिनाभित्र पहिलो अडिट सम्पन्न गरी प्रतिवेदन नेप्सेसमक्ष बुझाउनुपर्ने व्यवस्था गरिएको छ। अडिट मान्यता प्राप्त सूचना प्रविधि विज्ञ वा अडिट फर्ममार्फत गराउनुपर्नेछ।

निर्देशिकाले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन प्रणाली, सर्भर, डाटाबेस, नेटवर्क पूर्वाधार, वेबसाइट तथा मोबाइल एपजस्ता सबै डिजिटल संरचनालाई अडिटको दायरामा समेटेको छ।

यसका साथै, ट्रेडिङ प्लेटफर्मको सुरक्षा संयन्त्र, प्रयोगकर्ता प्रमाणीकरण प्रक्रिया, डेटा ब्याकअप र रिकभरी योजना, फायरवाल तथा इन्क्रिप्सन प्रणालीको प्रभावकारितासमेत परीक्षण गर्नुपर्नेछ। ग्राहकको व्यक्तिगत तथा वित्तीय विवरण सुरक्षित राख्न अन्तर्राष्ट्रिय मापदण्डअनुरूप साइबर सुरक्षा नीति अवलम्बन गर्नुपर्ने प्रावधान पनि समावेश गरिएको छ।

नेप्सेका अनुसार, निर्देशिका उल्लङ्घन गर्ने ब्रोकर कम्पनीमाथि आवश्यक कारबाही गरिनेछ। यस कदमलाई पूँजी बजारमा साइबर सुरक्षालाई प्राथमिकता दिँदै दीर्घकालीन स्थायित्व, पारदर्शिता र संस्थागत सुशासन सुदृढ गर्ने महत्वपूर्ण नीतिगत पहलका रूपमा हेरिएको छ। डिजिटल प्रणालीप्रति विश्वास बढ्दा लगानीकर्ता सहभागिता र बजारको विश्वसनीयतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?