National life
cg eloctronics

नेप्सेमा आज पनि हरियाली ,बैंकिङ समूहमा सर्वाधिक वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ असार २०८१, बुधबार
464Shares
नेप्सेमा आज पनि हरियाली ,बैंकिङ समूहमा सर्वाधिक वृद्धि
ncell

काठमाण्डौ । आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.०८ प्रतिशत अर्थात २३.२५ अंकले बढेर २ हजार १७५.४० विन्दुमा पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कारोबार समेत ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

१९३ कम्पनीको सेयर मूल्य बढ्दा आज ४६ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.६९ प्रतिशतले बढेको छ ।

यस्तै आज वित्त समूह १.१५ प्रतिशत,होटल ०.९४,हाईड्रो १.०७, लगानी ०.६४,जीवन बीमा ०.७७, उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त १.५४, म्युचुअल फण्ड ०.४५,निर्जीवन बीमा १.२९, अन्य ०.४८ र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।

nic asia capital

आज घट्ने एउटा मात्रै समूहको रुपमा विकास बैंक समूह रह्यो। यो समूह आज ०.२९ प्रतिशतले घट्यो ।आज एसबीएल डिभेन्चर २०८३ को मूल्य १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?