National life
cg eloctronics

नेप्सेमा दोहोरो अंकको वृद्धि ,करिव साढे ६ अर्बको कारोवार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ असार २०८१, आइतबार
523Shares
नेप्सेमा दोहोरो अंकको वृद्धि ,करिव साढे ६ अर्बको कारोवार
ncell

काठमाडौँ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२७ अकं अर्थात १ प्रतिशतले बढेर २१४०.९७ बिन्दुमा बन्द भएको छ । आज ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज आइतबार १० उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८५ प्रतिशत लगायत १० उपसूचकमा हरियाली आएको हो ।

आज नेप्सेमा सीईडीबि हाइड्रोपावरको शेयरमूल्य पाँच दशमलव २५ प्रतिशतले सर्वाधिक बढेको छ । यस्तै , नेशनल लघुवित्तको पाँच दशमलव ०९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको पाँच दशमलव ५ प्रतिशतले शेयरमूल्य बढेको छ ।

आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
523SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?