काठमाडौँ। साताको पहिलो कारोवार दिन आइतबार (आज) नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक आज २७.५९ अंक घटेर २,६१४.५५ विन्दुमा पुगेको हो।
आज शेयर बजारमा कुल १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिद–बिक्री भएका छन्, जसको कुल कारोबार रकम ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँ छ।
आज ३४ कम्पनीका शेयर मूल्य बढेको छ भने २२० कम्पनीका शेयर मूल्य घटेको छ। त्यस्तै, ७ कम्पनीका शेयर मूल्य स्थिर रहेको छ।
सालपा विकास बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीमा भएको छ, जसको शेयर खरिद–बिक्री ६३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।






























