National life

नेप्से परिसूचक १९.२७ अंकले बढ्यो, १८७ कम्पनीको सेयर मूल्यमा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१७ फागुन २०८२, आइतबार
1KShares
नेप्से परिसूचक १९.२७ अंकले बढ्यो, १८७ कम्पनीको सेयर मूल्यमा वृद्धि
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। आइतबार नेप्से परिसूचक १९.२७ अंकले बढ्दै २६७४.२० विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

आज कुल १ करोड ३१ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा बजारमा ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ६४ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।कारोबार रकमका आधारमा राद्यि विद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ ।  राद्यिको ३६ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी अपि पावर कम्पनीको ३३ करोड २१ लाख रुपैयाँ, मन्जु श्री फाइनान्सको २८ करोड २० लाख रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको २६ करोड ५३ लाख रुपैयाँ तथा एसवाई प्यानल कम्पनीको २२ करोड १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?