काठमाडौं। बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढ्दै २८२०.४४ विन्दुमा पुगेको छ। आज कूल ४ करोड १६ लाख ८६ हजार कित्ता सेयर कारोबार भएका छन्, जसको कुल मूल्य १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ पुगेको छ।
आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको र ९ कम्पनीको मूल्य स्थिर रहेको छ। सेयर कारोबारमा नेशनल हाइड्रोपावर सबैभन्दा अगाडि रहेको छ। कम्पनीको आज ६७ करोड ७९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, एचआईडीसीएलमा ५६ करोड ८३ लाख, कुमारी बैंकमा ४४ करोड ७६ लाख, हिमाल दोलखा हाइड्रोपावरमा ४४ करोड र बलेफी हाइड्रोपावरमा ३९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज विशेषगरी जलविद्युत् र बैंकिङ क्षेत्रका कम्पनीमा खरीद–बिक्री उच्च भएको छ।
यी कम्पनीको भयो सर्वाधिक सेयर खदिबिक्री :































