National life
cg eloctronics

नेप्से २१५२ अंकमा, पुग्दा हेर्नुस् कतिमा भयो कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
568Shares
नेप्से २१५२ अंकमा, पुग्दा हेर्नुस् कतिमा भयो कारोबार ?
ncell

काठमाडौं । मंगलबार सेयर बजारमा विकास बैंक र माइक्रोफाइनान्स समूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको अवस्था छ । आज नेप्सेका परिसूचकहरु १५.७९ अंक ०.७३ प्रतिशतले बढ्दा विकास बैंक समूहको सूचक २.४ प्रतिशत र माइक्रोफाइनान्स समूहको सूचक ३.० प्रतिशतले बढेको देखिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको कारोबारपछि नेप्से परिसूचक २१५२ अंकमा पुगेको छ भने एकाएक कारोबार रकम समेत बढेको छ । हिजो ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५३ करोडको भएको नेप्सेमा देखिन्छ । त्यस्तै नेप्सेको कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घटेको छ ।

साथै, बैंकिङ ६, विकास बैंक १०९, हाइड्रोपावर १३, जीवन बीमा २७, माइक्रोफाइनान्स १४२, निर्जीवन बीमा ४८, अन्य १० अंक बढेका छन् भने फाइनान्स ३, होटल तथा पर्यटन १५, उत्पादन ३५ र व्यापार समूह ९ अंक घटेको अवस्था छ।

गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ भने बुद्धभूमि हाइड्रोपावरको ९.९, युनिक नेपाल लघुवित्तको ९.७, सबैको लघुवित्तको ९.१, महिला लघुवित्तको ८.८, सपोर्ट माइक्रोफाइनान्सको ८.७ तथा जाल्पा लघुवित्तको ८.२ प्रतिशत मूल्य बढेको हो ।

नेपाल फाइनान्सको मूल्य ४ प्रतिशत घटेको छ भने बोटलर्स नेपाल बालाजुको ३.९, जानाकी फाइनान्सको ३.२ प्रतिशतले घटेको अवस्था छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?