National life

रिलायन्स स्पिनिङको न्यूनतम आइपीओ भर्न ४१ हजार ४० रुपैयाँ चाहिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ माघ २०८०, सोमबार
528Shares
रिलायन्स स्पिनिङको न्यूनतम आइपीओ भर्न ४१ हजार ४० रुपैयाँ चाहिने
ncell

काठमाडौं । बुक बिल्डिङ विधिबाट निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओमा योग्य संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलपत्र आज खोलिएको छ । योग्य संस्थापक लगानीकर्ताले पेश गरेको बोलपत्रमार्फत यस कम्पनीको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण हुने प्रारम्भिक नतिजाले देखाएको नेप्सेले जानकारी गराएको छ ।

नेप्सेका अनुसार बोलकबोलमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । जसमध्ये अधिकांश लगानीकर्ताले बिक्री मूल्य सीमाको अधिकतम विन्दु अर्थात प्रतिकित्ता ९१२ रुपैयाँका दरले बोलकबोल गरेका कारण सोही मूल्य नै ‘कट अफ मूल्य’ कायम हुने देखिएको हो ।

Royal Enfield
nic asia capital
रिलायन्सको बोलकबोलका लागि प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम गरिएको थियो ।

संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १० प्रतिशत घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ । यसआधारमा, अब रिलायन्सको आइपीओ सर्वसाधारणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँमा जारी हुनेछ । बुक विल्डिङ विधिबाट जारी हुने आइपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।

तसर्थ, सर्वसाधारणले रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा आवेदन दिन न्यूनतम ४१ हजार ४० रुपैयाँ छुट्याउनुपर्ने देखिएको छ । रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशत ले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बोलकबोल गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?