National life

सेयर बजारका नयाँ नियमप्रति लगानीकर्ता संघहरुको गुनासो, यस्ता छन् ४ बुदे माग

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.1kShares
सेयर बजारका नयाँ नियमप्रति लगानीकर्ता संघहरुको गुनासो, यस्ता छन् ४ बुदे माग
ncell

काठमाडौँ। सेयर बजारसँग सम्बन्धित पाँच वटा लगानीकर्ता संघले सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि सरकारसमक्ष चार बुँदे माग अघि सारेका छन्।

नेपाल सेयरधनी संघ, नेपाल सेयरबजार लगानीकर्ता संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स एसोसियशन र साधारण लगानीकर्ता संघले संयुक्त रूपमा नेपाल स्टक एक्सचेञ्जलाई पत्र पठाउँदै आफ्ना माग प्रस्तुत गरेका हुन्।

उनीहरूले हालै परिमार्जन गरिएको विनियमावलीका कारण बजारमा अस्वाभाविक उतारचढाव देखिएको उल्लेख गर्दै यस्ता नीतिहरू सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र लागू गर्नुपर्ने बताएका छन्।

यसैगरी, आइपीओ निष्कासनमा लाग्ने प्रिमियम र बुक बिल्डिङ्ग प्रणालीलाई तत्कालका लागि रोक्नुपर्ने माग पनि गरिएको छ।

Royal Enfield
nic asia capital
साथै, धितोपत्रसम्बन्धी कानुन बनाउँ सम्बन्धित पक्षहरूको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ।

सेयर लगानीकर्ता संघहरुका माग :

१. हालै संशोधित धितोपत्र कारोवार संचालन (चौथो संशोधन) विनियमावली २०८२ प्रचलित नेपाल कानूनको प्रकृया पूरा नगरी ल्याईएको र सो लागू गर्दा बजारमा अस्वाभाविक उतारचढाव आएकोले सो विनियमावली तत्काल फिर्ता लिई सम्बन्धित सवै सरोकारवालाहरुसंग परामर्श लिई सो कानून बनाई लागु गर्ने

२. नेपालको पूँजी बजारमा अत्याधिक विवादित बनेको IPO निष्काशनको प्रिमियम र बुक बिल्डिङ्ग विधि संघीय संसदले सो विषयको कानून पारित नगरुञ्जेल सम्म तत्काल लागु हुनेगरी स्थगित गरियोस् ।

३. धितोपत्र संग सम्बन्धित कानून बनाउदा विधायन ऐन २०८१ बमोजिम अनिवार्य रुपमा सम्बन्धित सबै सरोकावालाहरुलाई सहभागी गराइयोस् ।

४. आवश्यक तयारी, अध्ययन, अनुसन्धान, सहभागिता, अधिकारविहीनता र कानूनी प्रावधानहरुको परिपालना बिना स्वेच्छाचारितामा कानून बनाउने, संशोधन गर्ने कार्य तत्काल बन्द गरियोस् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?