National life

सेयर बजारमा आज पनि गिरावट, झण्डै ५ अर्बको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.1kShares
सेयर बजारमा आज पनि गिरावट, झण्डै ५ अर्बको कारोबार
ncell

काठमाडौं। नेपाली सेयर बजारमा आज पनि गिरावट देखिएको छ। बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घट्दै २७३८.७२ विन्दुमा झरेको हो।

Royal Enfield
nic asia capital

आज कुल १ करोड ९ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा बजारमा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसैबीच आज ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, १० वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेको छ। कम्पनीको २६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यसैगरी, आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख, नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख, शिवम् सिमेन्टको १७ करोड ३ लाख तथा एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?