काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार झण्डै ६ अर्बको कारोबार भएको देखिन्छ । हिजो ५ अर्ब ८ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४८ करोडको कारोबार भएको नेप्सेमा देखिन्छ ।
त्यस्तै, मैलुङखोला जलविद्युतको ९.३७, दोर्दीखोला जलविद्युतको ४.७५, जानकी फाइनान्सको ३.७, न्यादी हाइड्रोपावरको ३.२५ प्रतिशत मूल्य घटेको छ भने कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, महालक्ष्मी विकास बैंक, सप्तकोशी विकास बैंक र मञ्जुश्री फाइनान्स क्रमशः अगाडि रहेको देखिन्छ।
नेप्से परिसूचक पनि अघिल्लो दिनको तुलनामा १५.४६ अंक बढेको छ भने त्यस्तो अंकको वृद्धिपछि नेप्से २११९ अंकमा पुगेको हो। कुल १४८ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने ६ को स्थिर रहेको नेप्सेमा देख्न सकिन्छ।
बिहिबार बैंकिङ ५, होटल तथा पर्यटन ९३, हाइड्रोपावर ५, जीवन बीमा १९७, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ६२, अन्य २ र व्यापार समूह १५ अंक बढेको छ भने उत्पादन ९ र फाइनान्स समूह १५ अंक घटेको छ।
यता आखुखोला जलविद्युत कम्पनीको मूल्य १० प्रतिशत बढ्दा। समाज लघुवित्तको ९.२३, आरम्भ चौतारी लघुवित्तको ७.३३, सांग्रिला विकास बैंकको ६.४, एक्सल डेभलपमेन्ट बैंकको ६, हिमालय ऊर्जा विकास बैंकको ५.६, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.६ प्रतिशत मूल्य बढेको छ ।






































