National life

ग्रीन मार्केट भिलेज र आईटी पार्कलाई औद्योगिक पर्यटनसँग जोड्ने सरकारको योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
506Shares
ग्रीन मार्केट भिलेज र आईटी पार्कलाई औद्योगिक पर्यटनसँग जोड्ने सरकारको योजना
ncell

काठमाडौं । सरकारले ग्रीन मार्केट भिलेज र सूचना प्रविधि पार्कलाई औद्योगिक पर्यटनसँग जोड्ने योजना अघि सारेको छ। रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो।

नीतिअनुसार विशेष आर्थिक क्षेत्र विस्तार गर्दै साझा पूर्वाधारसहित औद्योगिक ग्राम स्थापना गरिने उल्लेख छ। त्यस्ता संरचनामा ग्रीन मार्केट भिलेज, सूचना प्रविधि पार्क र कृषि उत्पादन केन्द्र जस्ता उत्पादनमुखी तथा नवप्रवर्तनमा आधारित क्षेत्र समावेश गरिनेछ।

Royal Enfield
nic asia capital

सरकारले यी क्षेत्रलाई औद्योगिक पर्यटनसँग आबद्ध गर्दै उत्पादन, प्रविधि र पर्यटनलाई एकीकृत विकास मोडेलका रूपमा अघि बढाउने लक्ष्य राखेको छ।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?