National life

पहिलो चरणमा मन्त्रीको सम्भावित बनेका यी ४ नेता, गृहमा रविको आकाङ्क्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ फागुन २०८०, सोमबार
402Shares
पहिलो चरणमा मन्त्रीको सम्भावित बनेका यी ४ नेता, गृहमा रविको आकाङ्क्षा
ncell

काठमाडौँ । नेपाली काँग्रेससँगको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बनेको सत्ता गठबन्धन पार्टीबाट मन्त्रीका आकाङ्क्षीहरूको चर्चा बाहिरिन थालेको छ ।

नयाँ भएको गठबन्धनको तर्फबाट आज एमाले, माओवादी, रास्वपा र जसपाका १–१ जनाले मन्त्रीको शपथ लिने तयारी भइरहेको स्रोतको जानकारी छ  । जसमा एमालेले पहिलो चरणमै पदम गिरीलाई मन्त्री बनाउने बारेमा पार्टीमा निर्णय भएको बाहिरिएको छ । यस्तै, माओवादीबाट वर्षमान पुन सरकारमा जाने तयारीमा छन् ।

Royal Enfield
nic asia capital

सरकारमा जानेहरूको सूचिमा लगभग शतप्रतिशत सम्भावित बनेका वर्षमान पुनका बारेमा अर्थमन्त्री बन्न सक्ने सम्भावना समेत उत्तिकै चुलिएर गएको छ ।  रास्वपाबाट सभापति रवि लामिछाने आफै नै सरकार जाने तयारीमा देखिएका छन् । रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने सम्भावना बाक्लिँदै गएको छ । यस्तै, जसपाबाट कसलाई पठाउने भन्ने निश्चित नभएको भए पनि अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जान सक्रिय देखिएको स्रोतको जानकारी छ ।

नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएपछि २०७९ पुस १० गते बनेकै समीकरणका दलहरू एमाले, माओवादी, रास्वपा र जसपाको गठबन्धन फेरि ब्युँतिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?