काठमाण्डौ । नेपाल टेलिकमले विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु ल्याउने भएको छ । कम्पनीले पुस २७ गतेदेखि अर्थात भोलीदेखि लागु हुने गरी यस्तो अफर ल्याउन लागेको हो ।
यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको टेलिकमको जानकारी छ । यस अनुसार १ दिनको समयावधिका लागि रु १९ मा ४०० एमबी र रु ३३ मा १२०० एमबी डेटा उपलब्ध हुने टेलिकमको भनाई छ ।
त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु २९८ मा ७ जीबी डेटा उपलब्ध हुनेछ । स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि रु १०९ मा ६ जीबी डेटा तथा रु १३९ मा ६ जीबी डेटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि रु ३५ मा अनलिमिटेड प्याक उपलब्ध गराइने छ।
यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डेटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत उपलब्ध हुनेछन् । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ ।
विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
































