काठमाडौं । सेयर बजारमा गिरावटको क्रम सोमबार पनि कायम रह्यो। नेप्से इन्डेक्स १२.२६ अंकले ओरालो लाग्दै २७११.७६ विन्दुमा झरेको छ।
आजको कारोबारमा १ करोड ७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड रुपैयाँ नाघेको छ। बजारमा अधिकांश कम्पनीहरूको प्रदर्शन नकारात्मक देखिएको छ, जहाँ १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७३ कम्पनीको मात्रै वृद्धि भएको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।
वृद्धि हुने कम्पनीहरूतर्फ सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य करिब १५ प्रतिशतले उकालो लागेको छ। त्यस्तै, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल र दोल्ती पावरका लगानीकर्ताले पनि सामान्य नाफा कमाएका छन्।





































