National life

टेलिकमको समर अफर वैशाख ११ गतेदेखि लागू हुने, नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु उपलब्ध हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.1kShares
टेलिकमको समर अफर वैशाख ११ गतेदेखि लागू हुने, नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु उपलब्ध हुने
ncell

काठमाडौँ। नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यसअन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ । अब सबै प्याकेजहरु ३० दिनका हुनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसैगरी, भ्वाइस प्याक अन्तर्गत ३० दिनको प्याकेजहरु अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधा सहित उपलब्ध हुनेछन् ।

त्यसैगरी, विभिन्न डाटा तथा कम्बो प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ । धेरैको रोजाइमा परेको सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको छ । यस अन्तर्गत रु. ९९९ मा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । त्यसैगरी रु. ७९९ मा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।

डाटा प्याक अन्तर्गत रु. ५४९ मा ४० जीबी र रु. ९९९ मा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ । रु. ५९९ मा २ जीबी प्रतिदिन र रु. ३४९ मा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ ।

अनलिमिटेड प्याकेज अन्तर्गत रु. २५ मा १ घण्टा सम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ भने रु. ९९९ मा ३० दिन सम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुनेछ । यसै अनुसार अन्य प्याकेजका साथै नाइट र कम्बो प्याकेज समेत उपलब्ध छन् ।

भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन् । त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।

समर अफर वैशाख ११ गतेदेखि लागू हुनेछ । ग्राहकले आफ्नो मोबाइलबाट *1415#  डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.npमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?