काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डाको अन्तिम टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको हो।
गत शनिबार राति अबेरसम्म बसेको गठबन्धनको बैठकमा पनि यसैगरी सिट बाँडफाँट गर्ने छलफल भएको थियो तर निचोडमा पुग्न सकेको थिएन । बिना निष्कर्ष सकिएको बैठक आज बिहान पुनः बसेको थियो ।
जस अनुसार
नेपाली कांग्रेसले १०सिट
नेकपा माओवादी केन्द्रले ६ सिट
एकीकृत समाजवादीले २ सिट
जसपाले १ सिट लिने गरी टुंगो लागेको छ ।
सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरुले संयुक्त रुपले उम्मेदवारी दिने सहमति बनेको बैंठकमा सहभागी एक नेताले जानकारी दिएका हुन

































