National life

पुँजीबजारमा मार्जिन लेन्डिङको व्यवस्था छिट्टै ल्याउदै छौ :अध्यक्ष हमाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
506Shares
पुँजीबजारमा मार्जिन लेन्डिङको व्यवस्था छिट्टै ल्याउदै छौ :अध्यक्ष हमाल
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारमा मार्जिन लेन्डिङको व्यवस्था छिट्टै ल्याइने बताएका छन्।

सेबोनको कार्यालयमा बिहीबार नेपाल सेयरधनी संघको प्रतिनिधिमण्डलसँगको भेटमा हमालले बजारमा माग सिर्जना गर्न मार्जिन लेन्डिङको व्यवस्था छिट्टै ल्याउने प्रतिबद्धता गरेका हुन्। ‘मार्जिन लेन्डिङसम्बन्धी विनियामवली अर्थ मन्त्रालय पठाइएको छ’, उनले भने, ‘यस विषयमा नेपाल राष्ट्र बैंकसँग पनि कुराकानी भइरहेको छ।’

भेटमा सहभागी संघका उपाध्यक्ष कमलराज अधिकारीका अनुसार अध्यक्ष हमालले आईपीओ र एफपीओलाई बजारमा सुधार नहुन्जेल रोक्ने र नयाँ स्वीकृति नदिने प्रतिबद्धता पनि जनाएका छन्।

Royal Enfield
nic asia capital
‘अब विज्ञ टोलीको सुझावका आधारमा मात्रै प्रिमियममा आईपीओ स्वीकृति दिइने अध्यक्ष हमालले प्रतिबद्धता गर्नुभएको छ’, अधिकारीले भने।

यसैगरी एनआरएनलाई नागरिकताका आधारमा पुँजीबजारमा लगानी गर्न बाटो खुला काम पनि सेबोनले गरिरहेको अधिकारीले बताए। ‘आईपीओको ओपनिङ रेन्जमा पनि केही हेरफेर गर्ने सोचमा सेबोन रहेको छ’, उनले भने।

अध्यक्ष हमालसँगको भेटमा सेयरधनी संघमा अध्यक्ष घनश्याम पाण्डे, महासचिव सुरज खड्का, कोषाध्यक्ष खोमनाथ प्याकुरेल र सदस्य रामकृष्ण कपाली पनि सहभागी थिए।

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?