National life

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा रुपान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
673Shares
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा रुपान्तरण
ncell

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ लाख ३९ हजार ७७० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिमार्जन भएको छ।

कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख सोमबार नेप्सेमा अभिलेख समेत भएको छ ।नेप्सेको २०८० पुस १६ गतेको निर्णय अनुसार लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समुहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण तर्फको हिस्सा ४९ प्रतिशत कायम हुनेगरी परिमार्जित अभिलेख सहित सूचीकृत भएको हो ।

कम्पनीको हाल नेप्सेमा कुल ३ करोड १५ लाख ५३ हजार ५ दशमलव १७ कित्ता सेयर सूचीकृत रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमध्ये परिवर्तित पूँजी संरचना पश्चात संस्थापक समूहतर्फ १ करोड ६० लाख ९२ हजार ३३ दशमलव १० कित्ता र सर्वसाधारण समुहतर्फ १ करोड ५४ लाख ६० हजार ९७२ दशमलव ०७ कित्ता सेयर कायम गरिएको छ ।

यसअघि एशियन लाइफमा संस्थापक समुहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण तर्फको हिस्सा ४० प्रतिशत कायम रहेको थियो । कम्पनीले संस्थापक समुहतर्फको ९ प्रतिशत हिस्सा घटाएर सर्वसाधारण तर्फ सूचीकरण गरेको हो । नेप्सेले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरेअनुसार कम्पनीको सेयर नेप्सेमा सूचीकृत गरिएको जनाएको छ ।

एशियन लाइफको २०७९ असोज १३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा प्राधिकरणको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने र तदनुरुप प्रबन्धपत्रको दफा ६ ९२० संशोधन गर्ने प्रस्ताव पारित गरेको थियो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २८ लाख ३९ हजार ७७० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिमार्जन भएको छ । कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख सोमबार नेप्सेमा अभिलेख समेत भएको छ ।

कम्पनीको हाल नेप्सेमा कुल ३ करोड १५ लाख ५३ हजार ५ दशमलव १७ कित्ता सेयर सूचीकृत रहेको छ । सोमध्ये परिवर्तित पूँजी संरचना पश्चात संस्थापक समूहतर्फ १ करोड ६० लाख ९२ हजार ३३ दशमलव १० कित्ता र सर्वसाधारण समुहतर्फ १ करोड ५४ लाख ६० हजार ९७२ दशमलव ०७ कित्ता सेयर कायम गरिएको छ ।

यसअघि एशियन लाइफमा संस्थापक समुहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण तर्फको हिस्सा ४० प्रतिशत कायम रहेको थियो । कम्पनीले संस्थापक समुहतर्फको ९ प्रतिशत हिस्सा घटाएर सर्वसाधारण तर्फ सूचीकरण गरेको हो । नेप्सेले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गरेअनुसार कम्पनीको सेयर नेप्सेमा सूचीकृत गरिएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?