काठमाडौं । सत्ता गठबन्धनमा ब्रेक लागेको छ । नेपाली कांग्रेससँगको सहकार्य छोड्दै नेकमा माओवादी केन्द्रसँग नयाँ सल्लाह जुटेसँगै सत्ता गठबन्धनमा ब्रेक लागेको हो ।
अब नेकपा माओवादी केन्द्र र नेकपा एमालेको समिकरणमा नयाँ सहकार्य सुरु हुनेछ । नेपाली राजनितीले कोल्टे फेर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने सहमति जुटेको छ ।
त्यस्तै, मन्त्रिपरिषद्को आकारमा समेत हेरफेर गर्ने व्यापक तयारी भइरहेको छ ।

































