काठमाडौं । आज साताको अन्तिम कारोवार दिन शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव २४ अंकले घटेर २,१५५ को विन्दुमा कायम भएको छ ।
आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको शेयर काराबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।
आज ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । आज फाइनान्स, हाइड्रोपावर र अन्य उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।
आज रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी चारै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी यस दिन सीईडीबी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, लिवर्टी इनर्जी कम्पनी र न्याग्दी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।






























