National life

नेप्सेमा २१.६७ अंकको करेक्सन ,सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ माघ २०८०, बुधबार
644Shares
नेप्सेमा २१.६७ अंकको करेक्सन ,सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले घट्यो
ncell

काठमाण्डौ ।  तीन दिन बढेको बजार आज ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक २१.६७ अंक घटेर २०९७.९३ विन्दुमा झरेको हो।

Royal Enfield
nic asia capital

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ स्टकको ९५ हजार पटकको कारोबारमा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९.६७ प्रतिशत बढेको छ भने पिपुल्स पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन मेन्छियाम हाइड्रोपावर, स्वाभिमान लघुवित्त, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम २४ करोड नाघेको छ।

बुधबार १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.५९ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशतसहित १२ उपसूचक राताम्य भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?