National life

युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ वैशाख २०८१, बिहिबार
706Shares
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
ncell

काठमाडौँ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको ज्यान गएको छ ।

आबुधाबी स्थित नेपाली दूतावासले दिएको सूचना अनुसार मृत्यु हुनेमा भरतपुरका मोहन पुन रहेको छन् ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले  जनाएको छ ।

पुन सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जानकारी दिएको छ ।

Royal Enfield
nic asia capital
युएईमा दुई दिन देखी परेको वर्षाका कारण बाढी आई रहेको छ । बाढीका कारण युएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएका छन् । पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
706SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?