काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से ०.६२ अंकले घट्दा १२१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो ।
आज नेप्सेमा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।






























