National life

सहकारीको नियमनमा कडाइ गर्दै सरकार ,विशिष्टीकृत नियामक संस्थाको व्यवस्था गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८०, बुधबार
682Shares
सहकारीको नियमनमा कडाइ गर्दै सरकार ,विशिष्टीकृत नियामक संस्थाको व्यवस्था गरिने
ncell

काठमाडौँ । सरकारले सहकारीको नियमनमा थप कडाइ गर्ने भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थालाई नियमनको दायरामा ल्याउन सरकारले छुट्टै विशिष्टीकृत नियामक संस्थाको व्यवस्था गर्ने भएको हो ।

सहकारी क्षेत्रको बचत तथा ऋणको सुरक्षणका लागि सहकारी कोषको स्थापना गरिने निर्णय समेत बैठकले गरेको छ । सहकारीलाई आगामी ६ महिनाभित्र नियमनको दायरामा ल्याउन नियामक संस्था स्थापना गरिने निर्णय भएको हो ।

Royal Enfield
nic asia capital

मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने काम बारे मंगलबार राजधानीमा भएको सरोकारवालाहरुसँगको छलफलमा यस्तो निर्णय भएको हो ।

त्यस्तै सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवा ब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैकमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ ।

एक पछि अर्को गर्दै सहकारी सम्बन्धी समस्या देखिन थालेपछि सरकारले यस्तो निर्णय गरेको हो । पछिल्लो एक वर्षमा देशभरमा सबैभन्दा धेरै पर्ने उजुरी मध्यमा एक सहकारीको ठगी सम्बन्धी रहेको तथ्याङ्कमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?