National life
cg eloctronics

सिनर्जी पावरको लाभांश घोषणा, पुस २८ मा साधारणसभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
933Shares
सिनर्जी पावरको लाभांश घोषणा, पुस २८ मा साधारणसभा आह्वान
ncell

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ३२ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले १० प्रतिशतले हुन आउने १२ करोड ९ लाख ८६ हजार २५० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ६७ हजार ५ सय ६ रुपैयाँ ३४ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले पुस २८ गते साधारण सभा आह्वान गरेको छ। कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?