National life

अत्यधिक गर्मी बढेसँगै वीरगन्जमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ जेठ २०८१, सोमबार
509Shares
अत्यधिक गर्मी बढेसँगै वीरगन्जमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय
ncell

काठमाडौँ । यति बेला देशभर गर्मी ह्वात्तै बढेको छ । अत्यधिक गर्मी बढेसँगै वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिने भएको छ ।

वीरगन्ज आसपासमा उच्च मात्रामा तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य समेत प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द हुने भएको छ ।

वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै महानगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।

Royal Enfield
nic asia capital

तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न- गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुने भएको छ । ।’ भोलि अर्थात् मङ्गलवार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?